दशैंको पाँचौ दिन स्कन्दाको पूजाआजा गरिँदै
काठमाडौं, असोज २५ : आज बडादशैंको पाँचौ दिन स्कन्दामाताको पूजाआजा गरेर मनाइँदै छ।दुर्गा भवानीका नौ रुपमध्ये पाँचौ स्कन्दामाताको हो। नवरात्र सुरु भएसँगै पहिलो...
काठमाडौं, असोज २५ : आज बडादशैंको पाँचौ दिन स्कन्दामाताको पूजाआजा गरेर मनाइँदै छ।
दुर्गा भवानीका नौ रुपमध्ये पाँचौ स्कन्दामाताको हो। नवरात्र सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूजाआज गरिएको छ।
आज काठमाडौं उपत्यकाका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा भक्तजनको भीड लागेको छ। त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठमा बिहानैदेखि भीड लागेको छ।
काठमाडौं उपत्यकाबाहिर ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, गोरखाको मनकामना लगायतका शक्तिपीठमा बिहानैदेखि पूजाआजा गर्नेको घुइचो लागेको छ।
प्रकाशित मिति: ०७:४४ बजे, सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












