Kathmandu Press

दुई जना मृत अवस्थामा फेला

दुई जना मृत अवस्थामा फेला

काठमाडौं, असोज २४ : काठमाडौं महानगरपालिका २ लाजिम्पाट धोविचौर डेरा गरी बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

संखुवासभाको खिचिला गाउँपालिका २ घर भएका ४५ वर्षीय किरण राई आफ्नै कोठाभित्र आइतबार मृत अवस्थामा फेला परेका हुन्।

त्यस्तै, स्याङ्जा, पुतलीबजार नगरपालिका ३ कमरे माटाका ५६ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन्। 

स्थानीय काफलडाँडाको टिकाराम नेपाली गोरेटो सडकबाट १ सय मिटर तल आइतबार मृत अवस्थामा फेला परेका हुन्।

सोही नगरपालिकास्थित केयोडाँडा गाउँमा विवाहको भोजमा गएकोमा घर फर्की नआएपछि खोजी गर्नेक्रममा उनको शव फेला परेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:२९ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्