Kathmandu Press

प्रधानमन्त्री ओली हिटलरकै बाटोमा हिँड्न खोजे : सभापति देउवा

पोखरा, साउन २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली जर्मन तानाशाह हिटलर बन्न खोजेको आरो....

प्रधानमन्त्री ओली हिटलरकै बाटोमा हिँड्न खोजे : सभापति देउवा

पोखरा, साउन २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली जर्मन तानाशाह हिटलर बन्न खोजेको आरोप लगाएका छन्। 

नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओली एक पछि अर्को गरी अनेकथरी विधेयक सदनबाट पास गर्न खोजेर हिटलर बन्न खोजेको आरोप लगाएका हुन्।

उनले भने,‘जर्मन तानाशाह हिटलरले संसदबाटै कानून पास गरेर सत्ता कब्जा गरेका थिए। अहिले प्रधानमन्त्री ओली त्यहीँ बाटोमा हिड्न खोजिरहेका छन्।’ सरकारले जनअपेक्षा विपरीतका विधेयकहरु ल्याएको देउवाको आरोप छ।

देउवाले सरकार सच्चिएर अघि नबढे जनतासँगै सडक संघर्षमा उत्रिने चेतावनी दिए। प्रतिपक्षी दल भएपनि राम्रा कामको प्रशंसा जहिले पनि गर्ने भन्दै देउवाले जनअपेक्षा विपरीत विधेयकहरु नल्याउन सरकारलाई आग्रह गरे।
 

प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, साउन २१, २०७६