Kathmandu Press

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, असोज २४ : देशका विभिन्न भागमा भएको सवारी दुर्घटनामा परी तीज जनाको मृत्यु भएको छ ।रुपन्देहीको मायादेवी गाउँपालिका ५ पर्सहवास्थित सडकमा लु.१...
सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, असोज २४ : देशका विभिन्न भागमा भएको सवारी दुर्घटनामा परी तीज जनाको मृत्यु भएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका ५ पर्सहवास्थित सडकमा लु.१ क ६४२ नम्बरको क्रेनमा बा.६ च ७८६ नम्बरको कार ठोकिएर आइतबार बिहान दुर्घटना हुँदा कपिलबस्तु बुद्धभूमि नगरपालिका ४ बस्ने ८२ वर्षीय हरि प्रसाद भुषालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

Hardik ivf

दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका १९ कण्ठीपुर चोकमा भे. १ च ३०२७ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ब्रिगेश सुनारको छोरा २ वर्षीय शुशान्त सुनारको आइतबार बिहान मृत्यु भएको छ । घर अगाडि बाटोमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, पाल्पाको बगनासकाली गाउँपालिका ३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा ग.२ ख ३३५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका २ छतिवन बस्ने ५९ वर्षीय श्याम बहादुर रोकाको आइतबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मिशन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति: १८:३२ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्