Kathmandu Press

हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, असोज २५ : बाग्मती गाउँपालिका ४ प्युटार घर भएका २९ वर्षीय राजकुमार भुलुनको हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ...
हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, असोज २५ : बाग्मती गाउँपालिका ४ प्युटार घर भएका २९ वर्षीय राजकुमार भुलुनको हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मृतककै श्रीमती २८ वर्षीया रजिना भोलुन, गोदावरी नगरपालिका ७ देवीचौर बस्ने ३० वर्षीय ज्ञान कुमार सिंतान, २५ वर्षीया सुनीता सिंतान र गोदावरी नगरपालिका १२ ठेचो बस्ने ३० वर्षीया लक्ष्मी ब्लोन (लुङ्वा) भन्ने म्याक्सी माया भोलन रहेका छन् । सोही घटनामा संलग्न गोदावरी नगरपालिका-११ बस्ने मनोज मगर भन्ने २८ वर्षीय मनोज सार्की घटनास्थल नजिकै मृत अवस्थामा फेला परेका छन् ।

Hardik ivf

गोदावारी नगरपालिका ७ देविचौर सलेनी खोल्सामा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा असोज ११ गते बिहान राजकुमारको शव फेला परेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्