Kathmandu Press

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक सातामै बढ्यो २८ सय रुपैयाँ

काठमाडौं साउन २१ : सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

लगातार पाँच दिनदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुन मंगलबार दुई सय रुपैयाँ बढेर प्र....

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक सातामै बढ्यो २८ सय रुपैयाँ
फाइल

काठमाडौं साउन २१ : सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

लगातार पाँच दिनदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुन मंगलबार दुई सय रुपैयाँ बढेर प्रतितोला ६८ हजार रुपैयाँ पुगेको हो। योसँगै सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कामय गरेको छ। यसअघि हिजो (सोमबार) सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेको थियो।

पछिल्लो सात दिनमा सुनमा प्रतितोलामा मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै  सुनको मूल्यले स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको छ।

अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गरेपछि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको छ।

ब्याजदर घटेसँगै विश्वभरका लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा विश्वभर सुनको माग अत्याधिक भएको हो। पछिल्लो पाँच दिन यता चाँदी भने प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। 


 

प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, साउन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्