Kathmandu Press

थाङ्का र हस्तकलाका सामग्रीभित्र चरेस ओसारपसार

काठमाडौं, असोज २४ : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा ७ किलो ९...
थाङ्का र हस्तकलाका सामग्रीभित्र चरेस ओसारपसार

काठमाडौं, असोज २४ : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा ७ किलो ९ सय ७७ ग्राम चरेस बरामद गरेको छ।
 
ब्युरोद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा लागू औषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात अभियुक्तलाई सार्वजनिक गरियो।

ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका टोलीले  ललितपुरको मानभवनस्थित ब्लुस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थमा नौ थान थाङ्का र सोमा प्रयोग हुने काठको डन्डीभित्र लुकाइराखेको ३ किलो ५० ग्राम चरेससहित मोरङ उर्लाबारी–८ का अन्जित थापालाई पक्राउ गरेको ब्युरो प्रमुख हृदयेश थापाले जानकारी दिए।

Hardik ivf

लागुऔषध कारोबारी अन्जितलाई उक्त सामान दिने सिन्धुपाल्चोक सुनकोसी–५ का सुजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले एक लाख नगदसमेत बरामद गरेको छ।

अनुसन्धानकै सिलसिलामा प्रहरीले काठमाडौं महानगरपालिका–१४ बाट सुुजन श्रेष्ठलाई चरेस दिने सिन्धुपाल्चोक लिसखु–५ का सागर भन्ने जालिन्द्र श्रेष्ठको डेराबाट थाङ्कामा प्रयोग हुने काठका ९६ थान लिस्टीभित्र लुकाईछिपाई राखेको दुई किलो ४० ग्राम चरेस फेला पारेको थियो। 

पर्सा सखुवापर्सोनी–१ घर भई काठमाडौं बौद्ध नयाँबस्तीमा सिलाइबुनाइ काम गर्ने दिनदयाल महतो र दीपेन्द्र महतोलाई पनि थाङ्कामा प्रयोग हुने ११३ थान लिस्टी र दुई किलो ८७५ ग्राम चरेससहित पक्राउ गर्न ब्युरो  सफल भएको छ। प्रहरीले मकवानपुुर–११ का रवि मोक्तानको कलङ्कीस्थित डेराबाट नौ ग्राम ५०० मिलिग्राम चरेस बरामद थियो। 
 
उक्त कारोबारमा संलग्न धाादिङ थोक्रे–३ का मोतीलाल तामाङ पनि दुई ग्राम ५०० मिलिग्राम चरेसहित पक्राउ परेका हुन्। निजले धादिङलगायतका स्थानबाट चरेस सङ्कलन गरी कारोबारीलाई उपलब्ध गराउने गरेको ब्यूूरोका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए।

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्