Kathmandu Press

कर्णालीमा डुंगा पल्टिँदा एक युवती बेपत्ता

कर्णालीमा डुंगा पल्टिँदा एक युवती बेपत्ता

कर्णाली, असोज २४ : कर्णाली नदीमा डुंगा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन्। कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज बिहान डुंगा पल्टिँदा चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

सुर्खेतको चौकुने गाउँपालिका– १० र कैलालीको मोहन्याल गाउँपालिका– ३ को सिमानामा पर्ने कर्णाली नदीमा डुंगा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले डुंगामा सवार छ जनामध्ये पाँच जना पौडिएर ज्यान जोगाउन सफल भएका बताए। 

डुङ्गामा एक पुरुष र पाँच महिला यात्रु सवार थिए। दसैँमा घर लिपपोतका लागि कमेरो र रातो माटो लिन उनीहरु मोहन्याल गाउँपालिकामा पर्ने सोल्टा भन्ने स्थानतर्फ लागेको बताइएको छ। यसअघि साउन २१ गते सोही स्थानमा डुङ्गा पल्टिँदा बेपत्ता भएका दुई जनाको शव अझैं फेला परेको छैन्।
 

प्रकाशित मिति: १४:४५ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्