Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु  

काठमाडौं, असोज २४ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु  भएको छ।सप्तरीको खडक नगरपालिका–६ ईन्द्रचौतारी चोकस्थित सडकमा प्रदेश २–०१–००१ प ०३३४ नम्बरको...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु  

काठमाडौं, असोज २४ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु  भएको छ।

सप्तरीको खडक नगरपालिका–६ ईन्द्रचौतारी चोकस्थित सडकमा प्रदेश २–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई बा३ ख ९६९० नम्बरको बसले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खडक नगरपालिका–९ सरपा बस्ने ३० वर्षीया गुल्लु खातुनको मृत्यु भएको छ।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसहित २ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भईरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बाँकेको राप्तिसोनारी गाउँपालिका–१ चप्परगौडीस्थित सडकमा लु३च ८८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ११ वर्षीया मेनुका बिकको शनिबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दैलेखको दुल्लु नगरपालिका–१ दरबारे भिरस्थित सडकमा ना६ख ९२२ नम्बरको बस अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा बसमा सवार अछाम पञ्चदेवल गाउँपालिका–९ बस्ने ७४ वर्षीय भक्तबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ। हाल फरार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूकुम पश्चिमको सानोभेरी गाउँपालिका–११ स्थित अर्मा पाखा भन्ने स्थानमा ग।१ ज ४४५४ नम्बरको जिप  सडकबाट करिब १ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा  जिपमा सवार हाल नाम, थर, वतन नखुलेका १ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका जिपचालकसहित दुईजनालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ।

प्रकाशित मिति: १३:०६ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्