Kathmandu Press

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु

बर्दिया, असोज २४ : गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको...
बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु

बर्दिया, असोज २४ : गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

राजापुर नगरपालिका–१० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किंदै गर्दा हात्तीले आक्रमण गरेको र उनको शव आज बिहान फेला परेको उपरीक्षक शाहीले जानकारी दिए। 
 

प्रकाशित मिति: १२:४५ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्