डुबेर दुईजनाको मृत्यु
काठमाडौं, असोज २४ : मोरङ र रूपन्देहीमा डुबेर दुईजनाको मृत्यु भएको छ।मोरङ, सुनवर्षी नगरपालिका–९ डायनिया बस्ने श्यामप्रसाद सिंहको छोरा तीन वर्षीय अजित सिंहको आफ्नै...
काठमाडौं, असोज २४ : मोरङ र रूपन्देहीमा डुबेर दुईजनाको मृत्यु भएको छ।
मोरङ, सुनवर्षी नगरपालिका–९ डायनिया बस्ने श्यामप्रसाद सिंहको छोरा तीन वर्षीय अजित सिंहको आफ्नै घरनजिकै पोखरीमा डुबेर शनिबार मृत्यु भएको छ। उक्त पोखरीमा आमासँगै लुगा धुन गएको अवस्थामा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने विमल क्षेत्रीको पाँच वर्षीय छोरा विक्रम क्षेत्रीको तिनाउ खोलामा डुबेर शनिबार मृत्यु भएको हो। खोलामा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमामा उपचारका क्रममा मृत्यु भएको हो।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:४० बजे, आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












