Kathmandu Press

पर्यटकीय क्षेत्रको प्रवर्धन लागि ट्रेल रेस हुँदै

सिन्धुपाल्चोक, असोज २४ : विश्वको नवौँ अग्लो स्थानमा पर्ने यहाँको पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्डसहितका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि ट्रेल रेस प्रतियागिता गरिने भएको छ।...
पर्यटकीय क्षेत्रको प्रवर्धन लागि ट्रेल रेस हुँदै

सिन्धुपाल्चोक, असोज २४ : विश्वको नवौँ अग्लो स्थानमा पर्ने यहाँको पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्डसहितका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि ट्रेल रेस प्रतियागिता गरिने भएको छ। बागमती प्रदेशको खेलकुद विकास परिषद् र पाँचपोखरी खेलकुद विकास समितिद्वारा संयुक्तरूपमा आयोजित पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन–२०२१ हुन लागेको हो।

पाँचपोखरीसँगै आमायांग्री, ढुक्पु, मेन्जुङ, मानम, अमिलोपानी, डुखाङ, हवेली, ड्रागन गुफा, नागीडाँडा, रैथानेश्वरी, च्योच्यो डाँडाको प्रवद्र्धन गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। ‘यहाँ रहेका पर्यटकीय क्षेत्रको सम्भावना खोजी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यअनुरुप प्रतियोगिता राखेका छौँ,’ उनले भने। 

Hardik ivf

यसअघिका प्रतियोगितामा विभिन्न देशका नागरिक पनि सहभागी थिए। यस वर्ष पनि सार्कलगायत अन्य देशबाट प्रतियोगी आउने भएकाले पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सघाउ पु¥याउने विश्वास रहेको अध्यक्ष लामाले बताए।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले यसअघि पनि यस्ता प्रतियोगिता गरेको थियो। पहिले प्रतियोगिता आयोजना गरे पनि गएको वर्ष कोभिडका कारण स्थगन गरिएको गाउँपालिकाले जनाएको छ। जनैपूर्णिमाका दिन लाग्ने पाँचपोखरी मेलाका अवसरमा अघिल्लो वर्ष प्रतियोगिता गरिएको हो। प्रतियोगिता आगामी कात्तिक २७ गते सञ्चालन गरिनेछ।

सो म्याराथनमा १५० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। म्याराथनमा सहभागी धावकमध्येबाट खुलातर्फ उत्कृष्ट १० भित्र पर्न सफल, सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट पाँचभित्र पर्न सफल र भेट्रानतर्फ उत्कृष्ट तीनभित्र पर्न सफल सहभागीलाई नगदसहित मेडल उपलब्ध गराइनेछ। सो म्याराथनमा सहभागी हुन चाहनेले दर्ता शुल्कवापत खुलातर्फ रु तीन हजार ५००, सिन्धुपाल्चोकवासीका लागि रु दुई हजार ५०० र विदेशीका लागि ८० डलर तोकिएको छ।
 

प्रकाशित मिति: १२:०६ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्