पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पाल्पा, असोज २४ : पाल्पाको बगनासकाली गाउँपालिका–२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।आज बिहान करिब ७ः३० बजेको समयमा स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको...
पाल्पा, असोज २४ : पाल्पाको बगनासकाली गाउँपालिका–२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
आज बिहान करिब ७ः३० बजेको समयमा स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग२ख ३३५ नंको ट्रकले ठक्कर दिँदा बगनासकाली–२ बस्ने ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ।
प्रकाशित मिति: ११:३५ बजे, आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












