Kathmandu Press

‘पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई आसन देखाइदिनूस्, सभामुख महोेदय !’  

काठमाडौं, साउन २१ः नेकपाका सांसद् विरोध खतिवडाले प्रतिनिधिसभामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आसनबारे प्रश्न उठाएका छन् । विशेष समय मागेर ....

‘पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई आसन देखाइदिनूस्, सभामुख महोेदय !’  

काठमाडौं, साउन २१ः नेकपाका सांसद् विरोध खतिवडाले प्रतिनिधिसभामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आसनबारे प्रश्न उठाएका छन् । विशेष समय मागेर बोल्दै उनले पूर्व प्रधानमन्त्री डा. भट्टराईलाई बस्ने ठाउँ देखाइदिन अनुरोध गरे ।

सत्तारुढ समाजवादी पार्टीका संघीय अध्यक्ष डा. भट्टराई प्रतिपक्षी आसनको अग्रपंक्तिमा बस्दै आएका छन् । उनैको पार्टीका दोस्रो वरियताका नेता रहेका अध्यक्ष उपेन्द्र यादव सरकारको उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री छन् । 

खतिवडाले प्रश्न गरे, ‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजी अहिले जहाँ बसिरहनु भएको छ, त्यही नै सही हो वा संसद्ले व्यवस्थापन ठीक नगरेको हो वा उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो ? त्यसकारण म सभामुखलाई के अनुरोध गर्न चाहन्छु भने पूर्व प्रधानमन्त्रीज्यूलाई बस्ने उपयुक्त ठाउँको व्यवस्था गर्दै ठाउँ देखाइदिन पनि अनुरोध गर्दछु ।’

राजपा नेता राजेन्द्र महतोसँगै प्रतिपक्षी आसनमा बसिरहेका डा. भट्टराई खतिवडाले प्रश्न उठाउँदा हाँसिरहेका थिए ।

प्रकाशित मिति: १४:१२ बजे, मंगलबार, साउन २१, २०७६