Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ

काठमाडौं, असोज २३ : काठमाडौं, गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोकाबाट प्रहरीले ११ जनालाई जुवा तास खेलिरहेको अवस्थाबाट पक्राउ गरेको छ। बारा घर भएका ४३ वर्षीय...
जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ

काठमाडौं, असोज २३ : काठमाडौं, गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोकाबाट प्रहरीले ११ जनालाई जुवा तास खेलिरहेको अवस्थाबाट पक्राउ गरेको छ। 

बारा घर भएका ४३ वर्षीय मन बहादुर तामाङको गलैंचा कारखानामा कौडा खेलिरहेको अवस्थामा मान बहादुर लगायत ११ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। 

उक्त कारखानामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७२ हजार ६ सय ५ रुपैयाँ र १५ वटा कौडासहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै, दाङको घोराही उपमहानगरपालिका ९ दुबिचौराबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। स्थानीय श्याम लाल चौधरीको घरमा तास खेलिरहेको अवस्थामा १३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ७ हजार ३ सय ५ रुपैयाँ र २ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०:४० बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्