स्रोत नखुलेको रकमसहित २ जना पक्राउ
महोत्तरी, असोज २३ : जलेश्वर नगरपालिका ८ बज्राहीस्थित सडकबाट स्रोत नखुलेको १० लाख ४ हजार ५ सय नेपाली रुपैयाँसहित २ जनालाई शुक्रबार दिउँसो...
महोत्तरी, असोज २३ : जलेश्वर नगरपालिका ८ बज्राहीस्थित सडकबाट स्रोत नखुलेको १० लाख ४ हजार ५ सय नेपाली रुपैयाँसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मनराशिश्वा नगरपालिका ५ कटैयाका ३४ वर्षीय दिपेन्द्र कुमार साह र भंगाहा नगरपालिका ७ का १८ वर्षीया किशोरी रहेका छन्। अनटेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।
उनीहरूलाई बरामद नगदसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोडमा पठाइएको छ।
प्रकाशित मिति: १९:२० बजे, शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












