Kathmandu Press

करिब ७ केजी बराबरको चाँदीका गहनासहित पक्राउ

सप्तरी, असोज २३ : हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहबाट करिब ७ केजी चाँदीका विभिन्न गहनासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली...
करिब ७ केजी बराबरको चाँदीका गहनासहित पक्राउ

सप्तरी, असोज २३ : हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहबाट करिब ७ केजी चाँदीका विभिन्न गहनासहित एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका ९ का २६ वर्षीय उमेश बिक रहेका छन्। 

शुक्रबार दिउँसो भारदहस्थित चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उमेशलाई अवैध रुपमा लिई हिँडेको उक्त चाँदीका गहनासहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:०५ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्