Kathmandu Press

अवैध रुपमा ल्याएको सुनका बालासहित पक्राउ

काठमाडौं, असोज २३ : अवैध रुपमा ल्याएको करिब ११ लाख ६२ हजार ५ सय ७५ रुपैयाँ मूल्य बराबरको १ सय ५० ग्राम सुन...
अवैध रुपमा ल्याएको सुनका बालासहित पक्राउ

काठमाडौं, असोज २३ : अवैध रुपमा ल्याएको करिब ११ लाख ६२ हजार ५ सय ७५ रुपैयाँ मूल्य बराबरको १ सय ५० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको ३ थान बालासहित एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका ४ का ५७ वर्षीय खड्क प्रसाद तिमल्सिना रहेका छन्। शुक्रबार बिहान प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ एरियामा आई विभिन्न देशबाट आगमन भएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त सुन अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरेको हो। 

उनलाई उक्त बालासहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।

प्रकाशित मिति: १९:०२ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्