Kathmandu Press

गायक नोर्देन तेन्जिङ भुटियाको लन्डनमा निधन

काठमाडौं, साउन २१ : चर्चित गीत ‘मुसुमुसु हाँसिदेउ न लैलै’का गायक नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ।

उनको हिसो साँझ लन्डनमा नि....

गायक नोर्देन तेन्जिङ भुटियाको लन्डनमा निधन

काठमाडौं, साउन २१ : चर्चित गीत ‘मुसुमुसु हाँसिदेउ न लैलै’का गायक नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ।

उनको हिसो साँझ लन्डनमा निधन भएको हो। उनी सन् १९८३ देखि लन्डनमा बस्दै आएका थिए।

घाँटीको क्यान्सरबाट पीडित गायक भुटियाको ६९ वर्षको उमेरमा निधन भएको हो।

उनले बलिउडमा समेत कपि गरिएको ‘मुसुमुसु हाँसिदेउ न लैलै’सँगै ‘फर्की हेर मेरो जोवन,’ ‘चिसो बतासले,’ ‘मलाई धेरै धेरै माया चाहिन्छ,’ ‘गाँजलुले आँखा छोप्ने,’ लगायतका कयौं गीत गाएका थिए। उनको ‘मुसुमुसु हाँसिदेउ न लैलै’लाई बलिउड गायक सानले ‘प्यार मे कभि कभि’ फिल्ममा गाएका थिए।

उनले ‘द हिमालय ब्यान्ड’ समेत स्थापना गरेका थिए। सन् १९५० मा भारतको खर्स्याङमा जन्मिएका भुटियाले थुप्रै नेपाली गीत गाएका छन्।

प्रकाशित मिति: १३:०३ बजे, मंगलबार, साउन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्