Kathmandu Press

ब्याडमिन्टनमा विनोद र पर्लाबको जोडी च्याम्पियन

लमजुङ, असोज २३ : बेंसीसहर नगरपालिकाका विनोद तामाङ र पर्लाब बोहोराको जोडी प्रथम जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ।विजयदशमी तथा दीपावलीका अवसरमा बेंसीसहर–८ क्रिशक्तिमार्गमा...
ब्याडमिन्टनमा विनोद र पर्लाबको जोडी च्याम्पियन

लमजुङ, असोज २३ : बेंसीसहर नगरपालिकाका विनोद तामाङ र पर्लाब बोहोराको जोडी प्रथम जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ।

विजयदशमी तथा दीपावलीका अवसरमा बेंसीसहर–८ क्रिशक्तिमार्गमा जिल्लाका तीन युवाद्वारा सञ्चालित फिटनेस कम्प्लेक्सको आयोजनामा आज भएको फाइनल खेलमा उक्त जोडी प्रतियोगिताको च्याम्पियन बनेको हो।

Hardik ivf

फाइनल खेलमा तामाङ र बोहोराको जोडी सुन्दरबजार नगरपालिकाका लोकेश सुनार, दिपन गायकको जोडीलाई २१–१३, २१–१२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै विनोद र पर्लाबको जोडीले रु २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

त्यस्तै सेमिफाइनलमा पुग्ने सुन्दरबजारका मन्बिर गुरुङ र वीरबहादुर गुरुङ तथा भोटेओडारका रोहित गुरुङ र सुभास श्रेष्ठको जोडीले रु. पाँचपाँच हजार र प्रमाणपत्रमा चित्त बुझाएका छन्। सो अवसरमा उदयमान नयाँ खेलाडी समिर गुरुङ र समीर सेखको जोडीलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गर्दै प्रोत्साहन गरिएको थियो।

विजयी खेलाडीलाई राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्ष जुन तामाङले पुरस्कार वितरण गर्दै दसैंको बेलामा आयोजना गरेको यस प्रतियोगिताको मुख्य उद्देश्य नयाँ खेलाडी उत्पादन गर्ने भएकाले स्कुलस्कुलमा, विभिन्न ठाउँमा कोर्ट गर्दै ब्याडमिन्डन सङ्घले प्रतियोगिता सञ्चालन गरेर सानै उमेरदेखि नै ब्याडमिन्डन प्रतियोगितामा जोड दिनुपर्ने बताए।

प्रतियोगितामा जिल्लाका २३ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: १७:२५ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्