Kathmandu Press

स्कारपियोको ठक्करबाट बालकको मृत्यु

राजविराज, असोज २३ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कारपियोको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ।मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ बस्ने तुलसी...
स्कारपियोको ठक्करबाट बालकको मृत्यु
Hardik ivf

राजविराज, असोज २३ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कारपियोको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ बस्ने तुलसी चौधरीका १० वर्षीय छोरा सुशील रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२च ३७५४ नम्बरको स्कारपियो गाडीले उनलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका उनलाई  एक निजी क्लिनिकमा सामान्य उपचार गराई घर फर्किने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। यता दुर्घटना गराउने गाडीलाई प्रहरीले  नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्