Kathmandu Press

प्रकृति, संस्कृति र जीवनशैलीमा आधारित फोटो प्रतियोगिता हुने

प्रकृति, संस्कृति र जीवनशैलीमा आधारित फोटो प्रतियोगिता हुने

काठमाडौं, असोज २३ : धन्सार डटकमले आगामी मङ्सिरमा प्रकृति, संस्कृति र जीवनशैलीमा आधारित तस्वीरको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ। ‘फरइभर नेपाल’ नाम दिइएको उक्त प्रतियोगितामा आगामी  कात्तिक मसान्तभित्र सहभागिताका लागि फोटो पठाउन आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

ती विषयवस्तुमा प्रत्येकमा तीन–तीन गरी नौ जना फोटो पत्रकारलाई पुरस्कारका लागि छनोट गरिने धन्सारका संस्थापक विनोद अधिकारीले जानकारी दिए। पुरस्कारको राशि प्रथमलाई रु ३३ हजार, द्वितीयलाई रु २२ हजार र तृतीयलाई रु ११ हजार दिइने जनाइएको छ। छनोटका क्रममा ४० प्रतिशत नम्बर सार्वजनिक मत र ६० प्रतिशत मत निर्णायकबाट लिइनेछ। 

छनोटका लागि वरिष्ठ फोटो पत्रकार विकास रौनियारको संयोजकत्वमा फोटो पत्रकार क्लबका अध्यक्ष श्रृति श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, केपीएका अध्यक्ष दिगम्बर राजवंशी, फोटो पत्रकार विकास खतिवडा र म्युजिएम अफ नेपवाली आर्टस्का कार्यकारी निर्देशक राजन शाक्य रहने जानकारी दिइयो। 

निर्णायक समितिका संयोजक रौनियारले आफूहरुले व्यावसायिक र स्वतन्त्ररूपमा प्राप्त फोटोलाई छनोट गरेर पुरस्कृत गरिने बताए।
 

प्रकाशित मिति: १७:०५ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्