धनगढी विस्फोटमा घाइते विप्लव कार्यकर्ता डिस्चार्ज लगत्तै ह्विल चियरमै पक्राउ
धनगढी, साउन २१ : धनगढीमा भएको बम विस्फोटमा घाइते भएका विप्लवका कार्यकर्ता अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ परेका छन्।
साउन २ गते धनगढीमा....

धनगढी, साउन २१ : धनगढीमा भएको बम विस्फोटमा घाइते भएका विप्लवका कार्यकर्ता अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ परेका छन्।
साउन २ गते धनगढीमा भएको बम विस्फोटमा विप्लव एक जना विप्लव कार्यकर्ताको मृत्यु भएको थियो भने सर्वसाधारणसहित चार जना घाइते भएका थिए।
घाइतेमध्ये विप्लव कार्यकर्ता लक्ष्मण सरेला आज अस्पतालबाट डिस्चार्ज भएका थिए। उनी आज ह्विल चियरमा घर फर्किदै थिए।
ह्विल चियरमा घर फर्किदै गर्दा प्रहरी टोलीले नियन्त्रणमा लिएको आफन्तजनले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट आएकाे प्रहरी टाेलीले पक्राउ गरेर लगेकाे परिवारजनले बताएका छन्। उनी अझै हिडडुल गर्ने अवस्था छैनन्।
प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, साउन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









