Kathmandu Press

पोखरालाई हराउँदै चितवन च्याम्पियन

पोखरालाई हराउँदै चितवन च्याम्पियन

काठमाडौं, असोज २३ : चौथो संस्करणको एभरेस्ट प्रियिमर लिग (इपिएल)को उपाधि चितवन टाइगर्सले जितेको छ। शनिबार कीर्तिपपुरस्थित टियू मैदानमा भएको खेल पोखरा राइनोजलाई चार विकेटले हराउँदै चितवन च्याम्पियन बनेको हो।

टियू मैदानमा पोखराले दिएको ११२ रनको सामान्य लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । उसका लागि भीम सार्कीले सर्वाधिक ६३ रन बनाए । उनले ४५ बल खेल्दै ७चौका र २ छक्का प्रहार गरे ।

यस्तै दिलिप नाथले १७ बलमा १८ रन बनाउँदा राजेश पुलामीले १४ र मोहम्मद साहजादले ११ रन बनाए । पोखराका किशोर महतोले ३.५ ओभरमा २७ रन खर्चेर ४ विकेट लिँदा नन्दन यादवले २ विकेट लिए। 

यसअघि पहिला ब्याटिङ गरेको पोखाराले १७।५ओभरमा अलआउट हुँदै १११ रन मात्र बनाउन सक्यो। उसलका असेला गुणारत्नेले ३४ र रिचार्ड लेभीले २६ र कप्तान विनोद भण्डरीले २२ रन बनाए । पोखरालाई सस्तैमा समेन्ट्ने क्रममा कमलसिंह ऐरीले ४ तथा करिम जन्नत र सुकुगे प्रसन्नले समान २ विकेट लिए।

प्रकाशित मिति: १६:४० बजे, शनिबार, असोज २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्