Kathmandu Press

मनमोहन स्मृति अस्पताललाई १५ लाख सहयोग

काठमाडौं, असोज २३ : काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि रु १५ लाख सहयोग गर्ने भएको छ।  महानगरपालिकाकोतर्फबाट जनस्वास्थ्य...
मनमोहन स्मृति अस्पताललाई १५ लाख सहयोग

काठमाडौं, असोज २३ : काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि रु १५ लाख सहयोग गर्ने भएको छ।  

महानगरपालिकाकोतर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकोतर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले सहयोग पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन्। 

Hardik ivf

सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चिकित्सक र बिरामी दुवैको आत्मविश्वास बढाउनका लागि सहयोग गरिएको उल्लेख गर्दै आत्मविश्वासले रोग छिटो निको हुने बताए ।   

उनले प्रसिद्ध धार्मिक तथा एतिहासिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि रु एक करोड र सार्वजनिक ठाउँमा हरियाली पार्क निर्माणका लागि रु एक करोड यसअघि नै महानगरपालिकाले सहयोग गरिसकेको जानकारी दिए।  

अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले अस्पतालको क्षमता विकास भएपछि काठमाडौं, ललितपुर र मकवानपुरका बिरामीलाई उपचारमा सहज हुने विश्वास व्यक्त गरे। सम्झौताबमोजिम महानगरले प्लान्ट चलाउन रु १५ लाख अनुदान दिनेछ । अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ । सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित’ लेख्नुपर्नेछ। 

नगर साझेदारी कार्यक्रमअन्तर्गत सो सहयोग प्रदान गरिएको महानगरपालिकाले जनाएको छ। 
 

प्रकाशित मिति: १५:५८ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्