मुगुको फुली भन्ने ठाउँमा जिप दुर्घटना
काठमाडौं, असोज २३ : ब्रेक भाँच्चिएर अनियन्त्रित हुँदा मुगुको फुली भन्ने ठाउँमा जिप दुर्घटना भएको छ।सोरु गाउँपालिकाको तारापानीबाट सदरमुकाम गमगढी बजारमा आउँदै गरेको भे१ज १०९९...
काठमाडौं, असोज २३ : ब्रेक भाँच्चिएर अनियन्त्रित हुँदा मुगुको फुली भन्ने ठाउँमा जिप दुर्घटना भएको छ।
सोरु गाउँपालिकाको तारापानीबाट सदरमुकाम गमगढी बजारमा आउँदै गरेको भे१ज १०९९ नम्बरको सो जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ।
जिपका सञ्चालक वीरेन्द्र मल्ल, हुम्ला सर्केगाड गाउँपालिकास्थित सिटिजन बैंकका शाखा प्रबन्धक कलम सेजुवाल र उनीसँगै गएका एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
टाउकोमा गम्भीर चोट लागेकाले सेजुवाललाई विमानमार्फत नेपालगन्ज लगिएको प्रहरीको भनाइ छ। बाँकी घाइतेको मुगु अस्पतालमा उपचार भइरहेको बताइएको छ।
प्रकाशित मिति: १४:२१ बजे, शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












