चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ
काठमाडौं, असोज २३ : पर्साको वीरगञ्जबाट प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका –१० स्थित प्रभु बैंक अगाडिबाट वीरगञ्ज महानगरपालिका –१५...
काठमाडौं, असोज २३ : पर्साको वीरगञ्जबाट प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका –१० स्थित प्रभु बैंक अगाडिबाट वीरगञ्ज महानगरपालिका –१५ बस्ने विवेक कुमार यादवको ना. ४८ प–९३६९ नम्बर भएको १५० सि.सि.को अपाचे मोटरसाइकल चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका –२ छप्कैयाका २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १३:५० बजे, शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












