महाकाली नदीमा बाढीको खतरा, सतर्कता अपनाउन आह्वान
काठमाडौं, साउन २१ : महाकाली नदीमा आज बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान बाढी पूर्वान....
काठमाडौं, साउन २१ : महाकाली नदीमा आज बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा महाकाली नदीको डडेल्धुरास्थित परीगाउँ बाढी मापन केन्द्रमा वहाव बढिरहेको पाइएको जनाएको छ। अहिले सतर्कता तहभन्दा तलै भएपनि त्यसभन्दा तलको क्षेत्रमा खतरा हुनसक्ने महाशाखाले जनाएको छ।
महाकाली नदीमा साँझसम्म आउनसक्ने बाढीले कञ्चनपुर जिल्लाको टतीय क्षेत्रमा असर पार्न सक्ने महाशाखाले जनाएको छ। कञ्चनपुरमा ६ घण्टादेखि भारी वर्षा भइरहेको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरिएकाे छ।
त्यस्तै, महाकाली नदीको डडेल्धुरा, बैतडी र दार्चुला आसपासको क्षेत्रमा पनि वर्षा भइरहेकाले बाढीको तराई क्षेत्रमा बाढी आउन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आज र भोलि महाकालीसँगै नारायणी र कर्णाली नदीमा पनि बाढीको सम्भावना रहेको जनाएको छ।
आज जुम्ला, बाजुरा, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, दार्चुलालगायत जिल्लाको पहाडबाट बग्ने स–साना नदीमा पनि पानीको वहाव कास्मिक रुपमा बढ्ने जनाएको छ।






