Kathmandu Press

नेपाल एग्रो लाइभद्वारा व्यवसायमैत्री स्मार्ट कृषि प्रविधिमा जोड

काठमाडौं, असोज २३ : नेपालको हावापानी र भूगोल सुहाउँदो खेतीबालीको अनुसन्धान गरी स्थानीय स्रोत र साधनसहित आधुनिक प्रविधिको प्रयोग गरेर बढी उत्पादन हुने कृषि...
नेपाल एग्रो लाइभद्वारा व्यवसायमैत्री स्मार्ट कृषि प्रविधिमा जोड

काठमाडौं, असोज २३ : नेपालको हावापानी र भूगोल सुहाउँदो खेतीबालीको अनुसन्धान गरी स्थानीय स्रोत र साधनसहित आधुनिक प्रविधिको प्रयोग गरेर बढी उत्पादन हुने कृषि प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। आधुनिक कृषि प्रविधि, सीप र शिक्षा दिएर ‘स्मार्ट कृषि’ तर्फ किसानलाई आकर्षित गर्न सके कम लगानीबाट बढी उत्पादन र नाफा आर्जन गर्न सकिने उनीहरुको भनाइ छ। 

नेपाल एग्रो लाइभ प्रालिले यहाँ आयोजना गरेको कृषि क्षेत्रमा व्याप्त जलवायु परिवर्तनसँग समयानुकूल हुने स्मार्ट कृषि प्रविधि प्रवद्र्धनका लागि ‘व्यवसायमैत्री स्मार्ट कृषि प्रविधि’ विषयक अन्तरक्रियाका सहभागीले सो धारणा व्यक्त गरेका हुन्। 

Hardik ivf

कृषि क्षेत्रको व्यावसायीकरण तथा व्यवसायउन्मुख कृषकलाई सेवा प्रदान गर्ने उद्देश्यले लामो समय सो क्षेत्रमा योगदान गरेका विज्ञद्वारा सञ्चालित नेपाल एग्रो लाइभले कृषि क्षेत्रमा कार्यरत निजी सामुदायिक व्यवसायी, उद्यमी, स्थानीय कृषक समूह, सङ्घीय, प्रदेश सरकार, स्थानीय तह मातहतका निकाय तथा गैरसरकारी संस्थासँग सहकार्य गर्दै आइरहेको छ। 

विशेषत छ वर्षयता साना सिँचाइ प्रविधि, बाली उत्पादन प्रणाली, प्रविधि हस्तान्तरण, प्रविधि परीक्षण तथा परामर्श सेवा, कृषि सामग्री बिक्री वितरण, बजार सहरीकरण तथा कृषि अभिमुखीकरणका क्षेत्रमा किसान र विज्ञको समन्वयमा सातै प्रदेशमा काम गर्दै आइरहेको प्रालिका कार्यकारी प्रमुख राजन गैरेले बताए। 

कार्यक्रममा सिँचाइ विशेषज्ञ वासुदेव लोहनीले जस्तो भूगोल छ त्यस्तै बाली, प्रविधि र प्रणाली प्रयोग गर्नुपर्ने बताए।  उनले न्यूनतम स्रोत, साधन र लगानीमा बढी उत्पादन र प्रतिफल किसानलाई दिने गरी स्मार्ट कृषिको अवधारणालाई बढावा दिनुपर्ने सुझाव दिए। ‘दिगो विकास हुने गरी स्मार्ट कृषि र प्रविधिको प्रयोग हुनुपर्छ, किसानलाई स्मार्ट बनाउन उनीहरुलाई नै शिक्षा दिनुपर्छ,’ लोहनीले भने। 

त्यस्तै बागवानी विशेषज्ञ डा. कुमार लामाले स्मार्ट कृषिका नाममा उत्पादन बढाउने भन्दा पनि लागत बढाउने काम भएको छकि भन्ने भन्ने प्रश्न गर्दै किसानलाई कसरी नाफा आर्जन गर्न उत्प्रेरित गर्न सक्छौँ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। ‘विश्वमा स्मार्ट कृषि प्रविधिको लहर बढेको छ, तर किसानको उत्पादन लागत घटाएर उत्पादन र नाफा बढाउनुपर्छ, स्थानीय स्रोत साधनसँग प्रविधिको प्रयोगको संयोजन गर्नुपर्छ,’ लामाले भने।  

नेपाल एग्रो लाइभ प्रालिका प्रमुख कार्यकारी निर्देशक राजन गैरेले दिगो कृषिको आधार आधुनिक प्रविधिको विस्तार भन्ने नारासहित खेतीबालीको अनुसन्धान गरी किसानको घरदैलोमा पुगेर विज्ञसेवासहित प्राविधिक ज्ञान सिकाएर उनीहरुको आर्थिक अवस्था उकास्न काम गरिरहेको बताए। ‘धेरै उच्च प्रविधिको प्रयोगभन्दा पनि नेपाल सुहाउँदो प्रविधिको प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्छ, हामी कृषि, औजार उपकरण बेच्ने होइन उत्पादन बढाउन उत्प्रेरक गर्ने संस्था हौँ,’ कार्यकारी प्रमुख गैरेले भने। 

भर्चुअलरुपमा शुक्रबार आयोजित सो कार्यक्रममा देशका झण्डै ४० बढी कृषि क्षेत्रमा क्रियाशील गैरसरकारी क्षेत्रका प्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको प्रालिका संयोजक सार्थक गैरेले बताए। कार्यक्रममा बाली विशेषज्ञ रोशन सुवेदी, सहभागी सुजन कोइराला, विक्रम नेपाली, कुसल रावल र व्यवसाय विकास प्रबन्धक आशा क्षेत्रीले उत्पादित वस्तुको बजारीकरण, भूगोलअनुसार अनुसन्धान तथा प्रविधि र प्राविधिकको उपलब्धता एवं प्रविधि पुगे पनि प्रयोगमा कमजोरी रहेकाले किसानलाई त्यसबारे शिक्षित बढाउनुपर्ने धारणा राखे।रासस
 

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्