Kathmandu Press

वालिङका १०८ घरमा ‘एक घर–एक धारा’ जडान 

वालिङ, असोज २३ : यहाँका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ। लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट...
वालिङका १०८ घरमा ‘एक घर–एक धारा’ जडान 

वालिङ, असोज २३ : यहाँका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ। लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो।

विभिन्न चरणमा वालिङ नगरपालिकाबाट विनियोजन भएको रु ५० लाखको लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको वालिङ नगरपालिकाका इञ्जिनियर दीपेन्द्र मल्लले जानकारी दिए। इञ्जिनियर मल्लका अनुसार गाउँभन्दा तल रहेको बोहोरीखोला मुलबाट पानी तानेर मजकोटमा ल्याइएको र त्यहाँ ४० हजार लिटरको ट्याङ्कीमा पानी सङ्कलन गरी वितरण गरिएको छ। ‘बोहोरीखोला मुलबाट २८० मिटर ‘भर्टिकल हाइट’ मा सोलारमार्फत पानी लिफ्टिङ गरिएको छ,’ इञ्जिनियर मल्लले भने, ‘३२० वाटका ३२ वटा सोलार प्यानलको प्रयोग गरी पानी तानिएको हो, सोलारको महशुल विद्युत्को भन्दा कम पर्ने देखिएको छ ।’

Hardik ivf

एक गाग्री पानीका लागि एकदेखि डेढघण्टा समय खर्चनुपर्ने अवस्था रहेकोमा योजनामार्फत गाउँमा पानी आए पछि निकै सहज भएको बोहोरीखोला लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष फणीन्द्र थापाले बताए। ‘एक गाग्री पानीका लागि प्रत्येक घरले एकदेखि डेढघण्टा समय छुट्टयाउनुपथ्र्यो,’ अध्यक्ष थापाले भने, ‘वालिङ नगरपालिकाको पहलमा अहिले गाउँका प्रत्येक घर–घरमा खानेपानीको धारा जडान गरेका छौँ, पानीको निकै सहज भएको छ।’

खोल्सा खोल्सीमा गएर पालो कुरेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ भने पानी बोक्दा बोक्दै थकाइ लाग्ने अवस्था अब नरहने अध्यक्ष थापा बताउँछन्। प्रत्येक घरमा मिटर जडान गरिएको छ। पानी खोल्न, बन्द गर्न तथा मर्मतकालागि दुई जना कर्मचारी राखिएको अध्यक्ष थापाले जानकारी दिए। ‘पानीको जोहो गर्नका लागि चिन्तित हुने यहाँका गाउँले अहिले घर–घरमा धारा जडान भएसँगै समयको वचत भएको छ,’ अध्यक्ष थापाले भने, ‘पानीको जोहो गर्नमै व्यस्त र चिन्तित हुनेहरु अहिले खुशी र हर्षित देखिएका छन्।’

वालिङ नगरपालिकाले खानीपानीका समस्या भएका बस्तीमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यसहित योजना अगाडि बढाएको छ। नगरपालिकाले गत आव २०७७÷०७८ मा खानेपानीमा रु ५६ लाख ५५ हजार ५७४, आव २०७६÷०७७ मा रु ८४ लाख ७० हजार ५६४, आव २०७५÷०७६ मा रु दुई करोड सात लाख चार हजार ६८९ विनियोजन गरेको थियो। प्रदेश, केन्द्र सरकार र अन्य सहयोगी सङ्घ संस्थाको पहलमा नगरका १४ वटै वडामा खानेपानीका योजना अगाडि बढाइरहेको जनाइएको छ। रासस
 

प्रकाशित मिति: १०:०४ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्