Kathmandu Press

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा दश शय्याको अस्पताल बन्दै

ताप्लेजुङ, असोज २३ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा बन्न लागेको अस्पतालको निर्माण कार्य सुरु गरिएको छ। गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका...
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा दश शय्याको अस्पताल बन्दै

ताप्लेजुङ, असोज २३ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा बन्न लागेको अस्पतालको निर्माण कार्य सुरु गरिएको छ। गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु गरिएको हो।

आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सोवर्ण/हिमालयन जेभीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार केही दिन अघिदेखि निर्माण कार्य सुरु भएकामा हालसम्म भवन निर्माण गर्ने ठाउँको जग्गा सम्याउने काम करिब सम्पन्न भएको छ। निर्माण कम्पनीले कामलाई निरन्तरता दिइरहेका पनि घिमिरेले बताए।  

Hardik ivf

दश शय्याको अस्पताल भवनसहित चिकित्सक, नर्सिङ आवास, चमेनागृह (क्यान्टिन), शवगृह, पार्किङलगायतका संरचना निर्माण हुने गाउँपालिकाले जनाएको छ। स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेको ग्रामीण क्षेत्रका नागरिकलाई सहज सेवा पु¥याउने उद्देश्यले आधारभूत अस्पताल निर्माणलाई प्राथमिकता दिएर जुटेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए। अस्पतालले सदरमुकामबाट टाढा रहेका याम्फुदिन, मामाङ्खे, खेबाङ, सुरुम्खिमलगायत पूर्व क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने अध्यक्ष गुरुङको भनाइ छ।

उक्त अस्पताल भवनसहितका संरचना रु १५ करोड ८५ लाख बराबरको लागतमा निर्माण हुने पनि गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु १० करोड ८६ लाख र बाँकी गाउँपालिकाको बजेट रहेको छ। अस्पतालका संरचना १३ रोपनी क्षेत्रफल बराबरमा निर्माण हुने र सो जग्गा तेल्लोकका स्थानीय दामोदर भट्टराई र उनका परिवारले निःशुल्क उपलब्ध गराएका हुन्।
 

प्रकाशित मिति: ०९:५० बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्