Kathmandu Press

बसको ठक्करबाट धादिङमा एकको मृत्यु

धादिङ, असोज २२ : रसुवाबाट काठमाडौं जादैँ गरेको यात्रु बसले शुक्रबार धुनिबेशी नगरपालिका–७, नौविसेमा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ। बा ५...
बसको ठक्करबाट धादिङमा एकको मृत्यु
Hardik ivf

धादिङ, असोज २२ : रसुवाबाट काठमाडौं जादैँ गरेको यात्रु बसले शुक्रबार धुनिबेशी नगरपालिका–७, नौविसेमा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ। 

बा ५ ख ६१५१ नम्बरको यात्रुबसले पैदलयात्री धुनिबेशी नगरपालिका–७ का ४० वर्षीय ज्ञानसागर लामालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी धादिङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक जागेश्रवर भण्डारीले बताए।ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घनापछि मृतकका आफन्तले राजमार्गमा अवरोध गरेका छन्।

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्