Kathmandu Press

उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप

काठमाडौं, असोज २२ : नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाइएको छ। असोजमसान्तमा कुल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यअनुसार हालसम्मको तथ्याङ्कअनुसार...
उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप
Hardik ivf

काठमाडौं, असोज २२ : नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाइएको छ। असोजमसान्तमा कुल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यअनुसार हालसम्मको तथ्याङ्कअनुसार सो लक्षित जनसङ्ख्यालाई खोप लगाइएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले देशभर पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको छ। उनका अनुसार पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई खोप लगाइएको छ। अठार वर्ष भन्दामाथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ। 

यस्तै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ। सहप्रवक्ता डा अधिकारीका अनुसार १७ लाख ४५ हजार ५७० जना र पूर्णमात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ। उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन्।

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्