Kathmandu Press

‘हुलाक सेवालाई नयाँ प्रविधिसँग सेवालाई जोड्नुपर्छ’

काठमाडौं, असोज २२ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले हुलाक सेवालाई समयानुसार विविधिकरण गरिने बताएका छन्।हुलाक सेवा विभागद्वारा १४७औं विश्व...
‘हुलाक सेवालाई नयाँ प्रविधिसँग सेवालाई जोड्नुपर्छ’

काठमाडौं, असोज २२ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले हुलाक सेवालाई समयानुसार विविधिकरण गरिने बताएका छन्।

हुलाक सेवा विभागद्वारा १४७औं विश्व हुलाक दिवसका अवसरमा आज (शुक्रबार) आयोजित कार्यक्रममा उनले नयाँ प्रविधिसँग सेवालाई जोड्नुपर्ने जोड दिए। 

सरकारी डकुमेन्ट हुलाकबाट गर्नुपर्ने बताउँदै उनले त्यसले सरकारी कागजात सुरक्षित भई आयवृद्धिसमेत हुने विश्वास व्यक्त गरे। 

सोही मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंहले उक्त विभागलाई थप प्रतिसपर्धी बनाएर सेवा तथा व्यवसायक विस्तार गर्नुपर्ने विचार व्यक्त गरे।

हुलाक प्रशिक्षण केन्द्रका प्रमुख सविता कार्की, केन्द्रीय धनादेश कार्यालयका प्रमुख रामेश्वर पोखरेल, फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका व्यवस्थापक नोखबहादुर बस्याललगायले पछिल्लो पटक सञ्चार क्षेत्रमा भएको विकासले विभागको सेवा ओझेलमा परेकामा चिन्ता व्यक्त गर्दै यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

विभागका महानिर्देशक इन्दु घिमिरेले आधारभूत सेवाअन्तर्गत चिठी, पत्र, पार्सल सेवा देश विदेशमा उपलब्ध गराइएकामा २०५४ देखि एक्सप्रेस मेल सर्भिस सुरु गरी ३९ देशमा विस्तार गरेको जानकारी दिए।

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्