Kathmandu Press

कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारलाई कोरोना

काठमाडौं, असोज १९ : कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन्।‘झन्डै एक...
कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारलाई कोरोना
Hardik ivf

काठमाडौं, असोज १९ : कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन्।

‘झन्डै एक हप्ता लामो रुघा, खोकी, हाच्छ्युँ, टाउको दुख्ने, ढाढ दुख्ने समस्याबाट ग्रसित थिएँ। अन्ततः म पनि कोभिड–१९ को संक्रमणबाट अछूतो रहन सकिनँ,’ उनले फेसबुकमा लेखेका छन्।

बिहान ११ बजे बुढानीलकण्ठ-११ को स्वास्थ्य चौकीमा एन्टिजेनबाट चेक गर्दा पोजेटिभ देखिएको उनले बताएका छन्। ‘लगत्तै शिक्षण अस्पताल, महाराजगन्ज गई पिसिआर गर्दा समेत पोजेटिभ देखिएको छ,’ उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्