Kathmandu Press

मधेसी आयोगले गोष्ठीका नाममै सक्यो साढे ३ करोड रुपैयाँ

काठमाडौं, साउन २०  : मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड रुपैयाँ बढी खर्च गरेको छ। 

आयोगले....

मधेसी आयोगले गोष्ठीका नाममै सक्यो साढे ३ करोड रुपैयाँ

काठमाडौं, साउन २०  : मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड रुपैयाँ बढी खर्च गरेको छ। 

आयोगले सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५-७६ मा गरिएको कार्यक्रमबारे जानकारी दिँदै अनुशिक्षण र गोष्ठीका लागि ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपैयाँ खर्च भएको जनाएको हो।

यो रकम आयोगले प्रदेश २ का ८ वटा जिल्ला, प्रदेश १, प्रदेश ५ र ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि खर्च गरेको हो। त्यसैगरी, जनचेतना मुलुक रेडियो जिंगल निर्माणमा र प्रशारणमा साढे ४ लाख बढी खर्च गरिएको आयोगका प्रवक्ता हरि बखतीले जानकारी दिए।

५ करोड ९० लाख रुपैयाँ विनियोजन भएको आयोगले १ करोड ५२ लाख १८ हजार ८ सय ३१ रुपैयाँ खर्च गर्न नसकेर फ्रिज भएको छ।

२०७५ कात्तिक २५ गते कार्यालय स्थापना भएको आयोगको अध्यक्षको रुपमा डा.विजय कुमार दत्तले २०७५ चैत ७ गते पदभार सम्हालेका थिए। आयोगका चार सदस्य पद भने अझै रित्त छन्।
 

प्रकाशित मिति: १९:०६ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्