Kathmandu Press

पत्नीको हत्या अभियोगमा पक्राउ

सुर्खेत, असोज २२ : आफ्नै पत्नी ४० वर्षीया कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार...
पत्नीको हत्या अभियोगमा पक्राउ

सुर्खेत, असोज २२ : आफ्नै पत्नी ४० वर्षीया कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

उनले गत असोज ५ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी कमलाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सुरेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान  अघि बढाएको जनाइएको छ। 

प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्