Kathmandu Press

‘धार्मिक चाडपर्व शुद्ध आचरण प्राप्तिका लागि महत्वपूर्ण’

काठमाडौं, असोज २२ : काठमाडौंको रानीबारीस्थित आसरा सुधार केन्द्रकी अध्यक्ष सिर्जना थापाको प्रमुख आतिथ्यमा २०७८ सालको बडा दसैं, दीपावली, छठ पर्व र नेपाल संवत् ११४२...
‘धार्मिक चाडपर्व शुद्ध आचरण प्राप्तिका लागि महत्वपूर्ण’

काठमाडौं, असोज २२ : काठमाडौंको रानीबारीस्थित आसरा सुधार केन्द्रकी अध्यक्ष सिर्जना थापाको प्रमुख आतिथ्यमा २०७८ सालको बडा दसैं, दीपावली, छठ पर्व र नेपाल संवत् ११४२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। 

सोही केन्द्रमा आज (शुक्रबार) आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकी पत्नीसमेत रहेकी अध्यक्ष थापाले केन्द्रकी पूर्ववरिष्ठ सदस्य श्रीमती रञ्जना वाग्लेलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरन्। 

Hardik ivf

‘उज्यालो र सुनौलो दिनको सुरुवात आजैबाट होस्,’ उनले भनिन्। धार्मिक चाडपर्वहरुको सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रुपमा महत्व हुनुका साथै शुद्ध आचरण प्राप्तिका लागि मौलिक महत्व पनि उत्तिकै हुने उनले बताइन्।

प्रायजसो समाजमा घट्ने विभिन्न प्रकृतिका अपराधमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले लागूऔषध दुर्व्यसनीको संलग्नता रहने उल्लेख गर्दै अपराधरहित समाज निर्माणका लागि केन्द्रले लागूऔषधविरुद्धको जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जाने विश्वास उनले व्यक्त गरे। 

केन्द्रकी पूर्ववरिष्ठ सदस्य रञ्जना वाग्लेले आफ्नो मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा केन्द्रका क्याम्प कमाण्डेन्ट प्रहरी निरीक्षक रवीन्द्र थापाले कविता वाचन गर्नुका साथै केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।
 

प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्