Kathmandu Press

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा तेस्रो पटक धौलागिरिमा

काठमाडाैं, असाेज २२ : विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि...
कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा तेस्रो पटक धौलागिरिमा

काठमाडाैं, असाेज २२ : विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि हिमाल सफल आरोहण गरेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना निवासी सेवानिवृत बेलायती सैनिकसमेत रहेका उनले आज बिहान उक्त हिमाल आरोहण गरेका हुन् ।  

प्रतिकूल मौसममा पनि आरोहण सफल भएको पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राखेकाे भिडियो सामग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । ‘हाम्रो टोलीका सबैले आरोहण गरेका छन्, हामी शिखरबाट पनि सुरक्षितरुपमै फर्कन सक्छौँ भन्ने विश्वास छ,’ स्टाटसमा उल्लेख छ।

Hardik ivf

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट विश्व कीर्तिमानीको अभियान सुरु गरेका उनले म्याग्दीमै रहेको सातौँ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देलीको किर्तिमानी कायम गरेका थिए। 

धौलागिरिमा बिना अक्सिजन आरोहण गरेका पुर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथो अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी कीर्तिमानी कायम गरेका थिए। पुर्जाले आरोहण गरेका १४ अग्ला हिमालमध्ये आठवटा  नेपालमै पर्छ। आरोहणका क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभर चर्चा कमाएका उनका नाममा करिब आरोहणको क्षेत्रका आधादर्जन कीर्तिमानी छन्। रासस
 

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्