Kathmandu Press

वागमती प्रदेशसभाको अधिवेशन आह्वान

मकवानपुर, असोज २२ : वागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन्। उनले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को...
वागमती प्रदेशसभाको अधिवेशन आह्वान

मकवानपुर, असोज २२ : वागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन्। 

उनले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही असोज २४ गते दिनको ३ बजे बस्ने गरी प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरेका हुन्।

Hardik ivf

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको नवौँ अधिवेशन बस्ने निर्णय गरी पठाएअनुसार वागमती प्रदेशका प्रमुखले संवैधानिक प्रक्रिया पूरा गरी बैठकको आह्वान गरेको वागमती प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले जानकारी दिए।

बैठक आह्वान गरेको १०९ प्रदेश सभा सदस्यलाई बैठकमा सहभागी हुन पनि सूचना प्रवाह गरिसकिएको उनले जानकारी दिए। 
 

प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्