राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूत मजारबीच भेटवार्ता
काठमाडौं, साउन २० : राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदबीच शिष्टाचार भेटवार्ता भएको छ।

काठमाडौं, साउन २० : राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी सहयोग आदान प्रदान लगायतका विषयमा छलफल भएको थियो।
भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताए। उनले दुई देशको सम्बन्ध एकअर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताएका थिए।
तिमिल्सिनाले दुई देशबीच जनस्तरको सम्बन्धलाई मजबुद बनाउनका लागि पाकिस्तानले संस्कृति, स्वास्थ्य र शिक्षाको क्षेत्रमा गर्दै आएको सहयोग तथा सहकार्यका लागि धन्यवाद ज्ञापन गरेका थिए।
पाकिस्तानका राजदूत जावेदले नेपाल र पाकिस्तानको सम्बन्ध कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै सुमधुर रहेको बताएका थिए। राजदूत जावेदले अध्यक्ष तिमिल्सिनालाई पाकिस्तान भ्रमण गरी दुई देशको संसदबीचको सम्बन्ध पनि सुमधुर बनाउन भूमिका खेल्न आग्रह गरेका थिए।
राजदूत जावेदले पाकिस्तानले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसरमा साउन २९ गते काठमाडौंमा आयोगना गर्ने समारोहमा सहभागी हुन पनि अध्यक्ष तिमिल्सिनालाई निमन्त्रण गरेका थिए।

-1784896419.png)









