तास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
काठमाडौं, असोज २२ : तास खेलिरहेको अवस्थामा झापा र भक्तपुरबाट २१ जना पक्राउ परेका छन्।झापाको दमक नगरपालिका–१ बस्ने ३५ वर्षीय जितेन राईको घरमा...
काठमाडौं, असोज २२ : तास खेलिरहेको अवस्थामा झापा र भक्तपुरबाट २१ जना पक्राउ परेका छन्।
झापाको दमक नगरपालिका–१ बस्ने ३५ वर्षीय जितेन राईको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४६ वर्षीय पुष्पराज लिम्बुलगायत पाँच जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
राईको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरिया गाउँ बस्ने २१ वर्षीय ईश्वर तामाङको पुल हाउसमा तास खेलिरहेको अवस्थामा तामाङलगायत १६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४१ हजार ३ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












