Kathmandu Press

काठमाडौंकाे शंखरापुरमा भरुवा बन्दुकसहित पक्राउ

काठमाडौं, असोज २२ : शंखरापुर नगरपालिका–५ खोरिया बस्ने २७ वर्षीय कृष्ण घिसिङ र उनकै बुबा ५७ वर्षीय सुकुमान तामाङलाई लोड भएको एक थान...
काठमाडौंकाे शंखरापुरमा भरुवा बन्दुकसहित पक्राउ

काठमाडौं, असोज २२ : शंखरापुर नगरपालिका–५ खोरिया बस्ने २७ वर्षीय कृष्ण घिसिङ र उनकै बुबा ५७ वर्षीय सुकुमान तामाङलाई लोड भएको एक थान भरुवा बन्दुकसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

कृष्णको घरनजिक जमिनमा बन्दुक लुकाई राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्