Kathmandu Press

छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा ६ जनाको मृत्यु 

काठमाडौं, असोज २२ : भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालका(५...
छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा ६ जनाको मृत्यु 

काठमाडौं, असोज २२ : भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको छ। 

भक्तपुरको सूर्यविनायक नगरपालका–५ सृजनानगर राधे राधे पुलमा बागमती प्रदेश ०२–०१७ प १०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब १८ वर्षीय किशोर मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी उपचारका क्रममा मृत्यु भएको हो। बर्दिया, ठाकुरबाबा नगरपालिका–३ दम्कीमा भे१ज ८७९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार मधुवन नगरपालिका–५ बस्ने ८० वर्षीया रुप्सी कुमालको मृत्यु भएको छ।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल हुँदै मडेकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य १० जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर, २ जनाको मध्यम र अन्यको अवस्था सामान्य रहेको छ। जिप चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ। 

सर्लाहीको हरिपुर्वा नगरपालिका–९ मिर्चैया टोलस्थित सडकमा ज१त ९२७९ नम्बरको ट्याक्टरले साइकललाई बिहीबार साँझ ठक्कर दिँदा सोही नगरपालिका–५ हरीपुर्वा बस्ने ५५ वर्षीय पुकार महतोको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

पर्साको बुहुदरमाई नगरपालिका–८ रामनगरीमा  प्रदेश २–०३–००१ प ७८५९ नम्बरको मोटरसाइकललको ठक्करबाट साइकलयात्री बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने ५५ वर्षीय जोगेन्द्र गिरीको मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटामै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित सडकमा भे९प ७९७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक राप्तीसोनारी गाउँपालिका–१ बस्ने २१ वर्षीय दिपक बुढामगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। 

सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गमा एनएल ०२ क्यु ०१३४ नम्बरको ट्रकले को१०प २६८१ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ बस्ने ४५ वर्षीय लक्ष्मी प्रसाद लुइँटेलको घटनास्थलमै मृत्यु भएको छ।

ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्