पुलबाट खसेर र ढुंगाले लागेर मृत्यु
काठमाडौं, असोज २२ : रुपन्देही पुलबाट खसेर एक र गोरखा ढुंगाले एक गरी दुईजनाको मृत्यु भएको छ।रुपन्देहीको सैनामैना नगरपालिका-७ रामबस्ती टोल बस्ने २५ वर्षीय...
काठमाडौं, असोज २२ : रुपन्देही पुलबाट खसेर एक र गोरखा ढुंगाले एक गरी दुईजनाको मृत्यु भएको छ।
रुपन्देहीको सैनामैना नगरपालिका-७ रामबस्ती टोल बस्ने २५ वर्षीय भिकु चौधरी थारुको पुलबार खसेर बिहीबार साँझ मृत्यु भएको छ।
उनकै घरबाट करिब ४ सय मिटर टाढा इङगुरिया पुलबाट खसेर गरम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गोरखाको धार्चे गाउँपालिका-१ दोभानस्थित बेनीघाट-लार्के सडक खन्ने क्रममा ढुङ्गा खसेर लाग्दा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-७ घर भएका २१ वर्षीय सन्देश विकको बिहीबार राति मृत्यु भएको छ।
काम गर्ने क्रममा ढुंगाले लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचारका क्रममा मृत्यु भएको प्हरीले जनाएको छ।
दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएइको छ।
प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












