Kathmandu Press

संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति हो : मुख्यमन्त्री शाक्य

वागमती, असाेज २२ : वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालका संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति भएको बताएकी छन्।आज नेपाल कम्युनिष्ट पार्टी...
संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति हो : मुख्यमन्त्री शाक्य

वागमती, असाेज २२ : वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालका संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति भएको बताएकी छन्।

आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर शाखाले हेटौंडामा आयोजना गरेको चियापान कार्यक्रममा देशको सांस्कृतिक धरोहरको रूपमा विकास हुँदै गएका चाडपर्व अमूल्य निधि भएको चर्चा गर्दै उनले दसैं, तिहार, नेपालको मौलिक संवत् (नेपाल संवतको नयाँ वर्ष) तथा छठपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई शुभकामना व्यक्त गरिन्। 

Hardik ivf

मुख्यमन्त्री शाक्यले देशका सबै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न प्रदेश सरकार लागिपर्ने बताइन्।

विजयादशमी, तिहार, नेपाल संवत् तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रदेशका मन्त्री, मकवानपुरबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो। रासस 

प्रकाशित मिति: १४:१४ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्