Kathmandu Press

पत्नीकाे हत्या गरेकाे आरोपमा पक्राउ 

नुवाकोट, असोज २२ : आफ्नै पत्नीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा लिखु गाउँपालिका–४ चौघडा रानीबास बस्ने ३५ वर्षीय राजकुमार राई रहेको...
पत्नीकाे हत्या गरेकाे आरोपमा पक्राउ 

नुवाकोट, असोज २२ : आफ्नै पत्नीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लिखु गाउँपालिका–४ चौघडा रानीबास बस्ने ३५ वर्षीय राजकुमार राई रहेको प्रहरीले जनाएको छ।

घरायसी विवाद भएपछि राईले ३२ वर्षीया पत्नी सुशीला राईमाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको र  जिल्ला अस्पताल त्रिशुलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

पतिबाट पत्नीमाथि खुकुरी प्रहरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइते सुशीलालाई उपचारका लागि अस्पताल पठाएको जनाइएको छ।  

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

प्रकाशित मिति: १३:४२ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्