Kathmandu Press

समायोजनमा गएका कर्मचारीको तलव ८ हजारसम्म बढ्यो, कसको कति? (सूचीसहित)

काठमाडौं, साउन २० : अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा समायोजनमा जाने कर्मचारीको नयाँ तलवमान सार्वजनिक गरेको छ। 

मन्त्रिपरिषदले न....

समायोजनमा गएका कर्मचारीको तलव ८ हजारसम्म बढ्यो, कसको कति? (सूचीसहित)
फाइल

काठमाडौं, साउन २० : अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा समायोजनमा जाने कर्मचारीको नयाँ तलवमान सार्वजनिक गरेको छ। 

मन्त्रिपरिषदले नयाँ तलवमानमा सहमति दिएपछि अर्थ मन्त्रालयले ग्रेड संख्या र ग्रेड दरका आधारमा पारिश्रमिक निर्धारण गरेको हो।

नयाँ तलवमान अनुसार सहायक चौथोको तलव बढेर २९ हजार पाँच सय ६० तोकिएको छ। १० ग्रेड संख्या र ७३९ ग्रेड दर भएका कर्मचारीको तलव २९ हजार पाँच सय ६० पुगेको अर्थ मन्त्रालयले जनाएको छ। 

ग्रेड संख्या ५ र ग्रेड दर एक हजार चार सय २९ भएका अधिकृत ११ औंको तलव ५० हजार २५ रुपैयाँ पुगेको छ। यसअघि उनीहरुको तलव ४२ हजार ८ सय ८० थियो। 

यस्तै, श्रेणीविहीन कर्मचारीमध्ये प्रथम स्तरका कार्यालय सहयोगीको तलव एक हजार एक सय रुपैयाँ बढेर १७ हजार तीन सय १२ पुगेको छ। दुई ग्रेड र पाँच सय ४१ ग्रेड संख्या भएका यी कर्मचारीको तलव वृद्धि हुनुअघि १६ हजार दुई सय ३० रुपैयाँ थियो। 

हेर्नुस् बढेको तलवको सूची:

प्रकाशित मिति: १८:०६ बजे, सोमबार, साउन २०, २०७६