Kathmandu Press

नेपालबाट बालकको अपहरण, १० घण्टापछि भारतबाट सकुशल उद्धार  

सुनसरी, असोज २२ : कोसी गाउँपालिका–७ नेपाल–भारत सीमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरणमा संलग्न रहेको आरोपमा...
नेपालबाट बालकको अपहरण, १० घण्टापछि भारतबाट सकुशल उद्धार  
सांकेतिक तस्बिर

सुनसरी, असोज २२ : कोसी गाउँपालिका–७ नेपाल–भारत सीमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरणमा संलग्न रहेको आरोपमा भारत सुपौल ग्राम पञ्चायत बलबदैपुर–६ बैरयाकमाल बस्ने मुकुम मियाँलाई प्रहरीले पक्राउ गरेको छ। 

बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा मियाँले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्धार गरेको हो। 

Hardik ivf

मियाँ नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरु लैजाने ठेक्दार रहेकोमा मियाँलाई नेपाली कामदारहरु १५-२० जनाको संख्यामा उपलब्ध गराइदिन्छु भनी नेपालतर्फ सुनसरी कोसी-७ बस्ने भुल्टन सदा लगायत पाँचजनाले अग्रिम २ लाख पैसा भुक्तानी लिई कामदार नपठाएपछि मियाँलगायतको समूहले भुल्टन सदाको गाउँका ती बालकलाई अपहरण गरी कुटपिटसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

अपहरणमुक्त भएका ती बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै मियाँउपर अपहरण तथा शरीरबन्धक शीर्षकअन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ। 
 

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्