Kathmandu Press

काठेखोला–६ काे कार्यालय भवन निर्माण

बागलुङ, असोज २२ : काठेखोला गाउँपालिका-६ बिहुँको कार्यालय भवन निर्माण भएको छ। भवनको बिहीबार गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले उद्घाटन गर्दै भवन निर्माणसँगै...
काठेखोला–६ काे कार्यालय भवन निर्माण

बागलुङ, असोज २२ : काठेखोला गाउँपालिका-६ बिहुँको कार्यालय भवन निर्माण भएको छ। भवनको बिहीबार गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले उद्घाटन गर्दै भवन निर्माणसँगै वडाको सेवा प्रवाह चुस्त र सहज बन्ने विश्वास व्यक्त गरे।

कुल ६९ लाख ३० हजारको लागतमा भवन बनेको वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिए। यसमा प्रदेशसभा सदस्य सापकोटामार्फत निर्वाचन क्षेत्र विकास कोषको रु. ४९ लाख, वडाको रु. १५ लाख र १० प्रतिशत जनश्रमदान जुटाइएको हो।

Hardik ivf

दुईतले भवनमा बैठक कक्ष, न्यायिक समिति, जनप्रतिनिधिका कार्यकक्ष, आवासलगायत कोठा छन्। आफ्नै भवन नहुँदा यसअघि वडा कार्यालय भाडाको घरबाट सञ्चालित थियो। नवनिर्मित वडा कार्यालय भवनछेउ पहिले नै सभाहल बनिसकेको छ। 

स्थानीय तह बनेपछिको पहिलो कार्यकालमै वडालाई चाहिने भौतिक संरचना बनेकामा वडाध्यक्ष कँडेलले सन्तोष व्यक्त गरे। यहाँका कैयौं वडाका अहिले पनि आफ्नै भवन छैनन्। भवन नहुँदा चर्को भाडामा कार्यालय चलाउनुपर्ने स्थिति छ।

प्रकाशित मिति: ११:४४ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्